×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

महन्थले उपेन्द्रलाई सोधे-विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षररु ७ बुँदे स्पष्टीकरणमा के छ ?

महन्थले उपेन्द्रलाई सोधे-विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षररु ७ बुँदे स्पष्टीकरणमा के छ ?

राजनीतिक समीकरणमा दुई भागमा बाडिएको जनता समाजवादी पार्टी (जसपा) को किचलो फुटको डिलमा पुगेको छ।

प्रधानमन्त्री केपी ओलीको पक्षमा रहेका जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो पक्ष तथा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि होमिएको गठबन्धनमा रहेका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई  र अध्यक्ष उपेन्द्र यादव पक्षको किचलो झनझन बढ्दै गएको हो।

ओलीलाई समर्थन गरेको भन्दै भट्टराई-यादव पक्षले केही दिन अघि मात्र ‘ठाकुरसहित वरिष्ठ नेता महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई विधान अनुसार कारबाही प्रक्रिया थाल्ने निर्णय गरेको’ थियो।

ठाकुर पक्षले भने अर्का अध्यक्ष यादवलाई स्पष्टीकरण सोधेका छन्। अध्यक्ष ठाकुरले यादवलाई मंगलबार ७ बुँदे स्पष्टीकरण सोधेका हुन्। स्पष्टीकरणमा अध्यक्ष ठाकुरले संसदीय दलको निर्णय बमोजिम संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्नुपर्नेमा देउवालाई प्रधानमन्त्री बनाउन किन हस्ताक्षर गरियो भन्ने प्रश्न गरेका छन्। ठाकुरले यादवलाई ३ दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन अनुरोध गरेका छन् ।

स्पष्टीकरणका ७ बुँदा

१. पार्टी एकता भएदेखि नै समायोजनमा रुची नलिई विभिन्न जिल्लाहरुमा पार्टी एकता विरोधी गुटगत रुपमा बैठक,प्रशिक्षण, गोष्ठी, भेला जस्ता गतिविधिहरु किन सञ्चालन गर्नुभयो ?

२. मेरो जानकारी वेगर अनधिकृत रुपमा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको तथाकथित बैठक बसी लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई किन निष्काशन गर्नुभयो ?

३.तपाईंले मिति २०७८-०२-०७ गते पार्टीद्वारा जारी गरिएको सर्कुलर बमोजिम कोभिड-१९ को महामारीको बढ्दो संक्रमणले २०७८-०२-०८ र ९ गते निर्धारण गरिएको बैठक स्थगित गरिएकोमा कुन कारण र मनसायका साथ केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाई एकल अध्यक्षता गरी पार्टी हित विपरित निर्णय गर्नुभयो ?

४.पछिल्लो समयमा मैले रोक्दा रोक्दै अनधिकृत रुपमा एकल अध्यक्षतामा निरन्तर पार्टीको केन्द्रीय कार्यकारिणी समितिको तथाकथित बैठकहरू बसी पार्टी हित विपरित विभिन्न खाले निर्णय किन गर्नुभयो ?

५.विगतका दिनहरुमा पार्टी र पार्टी सम्बद्ध मोर्चा तथा संगठनद्वारा गरिएको संघर्ष र आन्दोलनको क्रममा आन्दोलनकारी साथीहरु माथि लगाइएका झुठा मुद्दा फिर्ता, बन्दी रिहाइ, उत्पीडित जातजाति र समुदायहरुको समानुपातिक समावेशी प्रतिनिधित्व,समानता, पहिचान र अधिकार प्राप्तिको निम्ति अपूर्ण रहेको संविधान संशोधन, नागरिकता सम्बन्धी समस्याको समाधान गर्ने उद्धेश्यले गठित कार्यदलका सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लले माग मुद्दा समाधान गराउने सवालमा जनभावना अनुरुप सकारात्मक कामहरु गरिरहेको अवस्थामा तपाईंलाई किन ठेस पुग्यो र के कारणले अनुशासनको कार्वाही प्रक्रिया अगाडि बढाउनुभयो ?

६.तपाईंले मिति २०७८ जेठ ६ गते संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम संविधानको धारा ७६ ९५० अनुसार प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा त्यसको विपरित विपक्षी गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा मिति २०७८ जेठ ७ गते किन र कुन कारणले हस्ताक्षर गर्नुभयो ?

७.तपाईंले सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गर्नुभयो ?

प्रतिकृया दिनुहोस्