हिमपातमा परेर ज्यान गुमाएका माउन्टेन गाइडको शव काठमाडौं ल्याइयो
बैशाख ३०, २०८०काठमाडौं- माउन्टेन गाइड रामबहादुर तामाङको शव शनिबार आधारशिविरबाट काठमाडौं ल्याएको नेपाली सेनाले जनाएको छ। उनको शव सेनाको सहयोगमा शेर्पा आरोहीहरू सम्मिलित टोलीले करीब पाँच हजार मिटरको उचाइमा फेला पारेका थिए। उनी गत असोज ५ गते धौलागिरी हिमाल आरोहणका लागि कोरियाली नागरिकको टोली लिएर गएका थिए। असोज २० गते भएको भारी हिमपातमा परि हराएका थिए।
सबै पढ्नुहोस