बबई नदीमा डुबेर एक युवकको मृत्यु
असार २०, २०८०घोराही – दाङको बबई नदीमा डुबेर एक युवकको ज्यान गएको छ । ज्यान जानेमा बबई गाउँपालिका वडा नम्बर ५ जौबारीका १७ वर्षका सिताराम देवकोटा रहेको इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भीमबहादुर सुनारले जानकारी दिनुभयो । बबई गाउँपालिका वडा नम्बर १ मलईबाट घर फर्कने क्रममा बबई नदीमा डुबेर युवकको ज्यान गएको प्रहरीले जनाएको छ ।
सबै पढ्नुहोस