विराटनगरमा एटीएम मेसिन तोडफोड गर्ने पक्राउ
पुस १२, २०७८विराटनगर- विराटनगरमा बैँंकको एटिएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-३ कंचनबारीमा रहेको माछापुच्छ्रे बैंकको एटीएम तोडफोडमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका-५ का २१ वर्षीय पारस कालिकोटे रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सबै पढ्नुहोस