×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कांग्रेस वरीयता : विश्वप्रकाश शर्मा भन्दा गगन अगाडि, २० औं नम्बरमा शेखर

कांग्रेस वरीयता : विश्वप्रकाश शर्मा भन्दा गगन अगाडि, २० औं नम्बरमा शेखर

नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ ।

काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो । मंसिर २४-२८ मा कांगठमाडौंमा सम्पन्न महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको थियो । कांग्रेसले जारी गरेको सूची अनुसार सभापति शेरबहादुर देउवा पछि उपासभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा छन् भने उपसभापति धनराज गुरुङ तेस्रो । महामन्त्रीमा गगन थापा विश्वप्रकाश शर्मा भन्दा अगाडि छन् । थापा पार्टी वरीयतामा चौंथो नम्बरमा छन् ।

सहमहान्त्रीको पहिलो नम्बरमा फरमुल्लाह मन्सुर रहेका छन् । केन्द्रीय सदस्यको पहिलो नम्बरमा गोपालमान श्रेष्ठ रहँदा शशांक कोइराला उनी पछि छन् । उनीहरुको वरीयता क्रमश १४ औं र १५औं रहेको छ ।

त्यस्तै सभापतिमा पराजित शेखर कोइराला २० औं वरीयतामा छन् । वरीयताको १३५ औं नम्बरमा जीवन राना रहेका छन् ।

प्रतिकृया दिनुहोस्