लागुऔषध गाँजासहित तीन भारतीय पक्राउ
माघ २, २०७८सुनसरी- सुनसरीमा लागुऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको बर्जु गाउँपालिका–५ तिनमुहानबाट लागुऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा भारतको कटहरिया–१० का २६ वर्षीय मिठु राय, पुर्णिया सर्सीका १८ वर्षीय पंकज महलदार र कटहरिया–१९ का ५० वर्षीय जितेन्द्र राय रहेका छन् ।
सबै पढ्नुहोस