×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संघीय संसदका २५ जनाभन्दा बढी सांसदलाई कोरोना संक्रमण

संघीय संसदका २५ जनाभन्दा बढी सांसदलाई कोरोना संक्रमण

काठमाडौँ- प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी २५ जनाभन्दा बढी सांसदलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । संसद सचिवालयकाअनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैतर्फका गरी २५ जनाभन्दा बढी सांसद कोरोना संक्रमित भएका हुन् ।

जानकारी र नाम संकलनको काम भइरहेको सचिवालयले जनाएको छ । यस्तै सचिवालयका ७ जना कर्मचारी पनि कोरोना संक्रमित भएका छन् । सांसद र कर्मचारीलाई कोरोना संक्रमण भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको सोमबारका लागि निर्धारण गरिएको बैठक स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्