आठ क्वीन्टल चिनीसहित दुई जना पक्राउ
जेठ ३१, २०७९काठमाडाैँ- आठ क्वीन्टल चिनीसहित दुई जना रुपन्देहीबाट पक्राउ परेका छन्। सोमबार राति करिब १० बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ भच्कैयाबाट उनीहरु पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय मिनबहादुर रास्कोटीलाई पक्राउ गरेको हो।
सबै पढ्नुहोस