×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गाउँपालिकाकी पूर्वउपाध्यक्ष गंगादेवी कालिजपालनमा

गाउँपालिकाकी पूर्वउपाध्यक्ष गंगादेवी कालिजपालनमा

जुम्ला- तातोपानी गाउँपालिकाकी पूर्वउपाध्यक्ष गंगादेवी उपाध्याय कालिजपालनमा लागेकी छन् । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएर कार्यकाल पूरा गरेपछि उनी कालिजपालनमा लागेकी हुन् ।

गौतम पशुपंक्षी पालन फार्ममार्फत उनले कालिज पालन गरेकी हुन् ।  उनी भन्छिन,‘ ५० लाखको लगानीमा व्यवसायिक कालिज पालन गरेकी छु ।  हामीले कालिज मात्र पालेका छैनौँ , कालिजका चल्लासमेत उत्पादन गरेका छौँ ।’

गत १५ माघबाट सूरु गरेको कालिज पालन व्यवसाय अहिले  १५ सय बढी चल्ला उत्पादन भइसकेका छन् । पुर्व उपाध्यक्ष गंगा देवी उपाध्यायले भनिन,‘जुम्लामा कालिजपालनको राम्रो सम्भावना छ ।’  उनका श्रीमान लक्ष्मीप्रसाद उपाध्यायका अनुसार उन्नत जातका कालिज ल्याएर व्यावसायिक यात्रा थालिएको हो ।  

‘१५ सय चल्ला उत्पादन भइसकेका छन् । केही दिनमा ५००  बढी  उत्पादन हुने तयारी छ,’  उनले भने, ‘यहाँ उत्पादन  भएका कालिजका चल्ला  एक जोडाको   पाँच सयदेखि एक हजार दुईसम्म पर्ने गरेको छ ।  

बत्ती नहुँदा  व्यवसायमा समस्या भएको बताएकी गंगादेवी जेनेरेटर  चलाउनु पर्ने बाध्य रहेको जानकारी दिइन् । उनले कालिजसँगै  कुखुरा र हाँस पनि पालेकी छन् । ‘५० लाखको लगानी गरेर कालिजपालन गरेकी हुँ । कालिजपालनसँगै  कुखुरा र हाँस पनि पालेकी छु,’ गंगादेवीले भनिन् ।

पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख गोबिन्द बहादुर महतले  उपाध्यायको कालिज फर्मको  अनुगमन गरेका छन् । उनले जुम्लामा कालिजको चल्ला उत्पादन गर्ने व्यवसाय यो पहिलो भएको बताए । उनले  कालिज उत्पादनलाई जुम्लाको  ब्रान्डका रुपमा अन्य ठाउँमा चिनाउनुपर्ने  बताए । यसका लागि आवश्यक पर्ने बजारीकरण  र  औषधि लगायतमा कार्यालयको सहयोग रहने उनले बताए ।

 

प्रतिकृया दिनुहोस्