मधेस प्रदेश सरकारले ल्यायो ४६ अर्ब ८८ करोडको बजेट
असार १, २०७९चितवन- मधेस प्रदेश सरकारले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट ल्याएको छ । वित्तीय व्यवस्थातर्फ १६ करोड ६४ लाख ५६ हजार २ सय रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् । उनले चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार रुपैयाँ र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजारको बजेट प्रस्तुत गरे ।
सबै पढ्नुहोस