×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इन्टर्नेशनल कराते च्याम्पियनसीप, २०२२ मा भारतलाई पछार्दै नेपाल अगाडि

इन्टर्नेशनल कराते च्याम्पियनसीप, २०२२ मा भारतलाई पछार्दै नेपाल अगाडि

काठमाडौँ- काठमाडौँको नयाँबस्तीस्थित मेरिल्याण्ड इङ्ग्लिश स्कुल र नेपाल गोजुरियो कराते शाखा डोजोको आयोजनामा इन्टर्नेशनल कराते च्याम्पियनसीप, २०२२ सम्पन्न भएको छ ।

उक्त दुइदिने प्रतियोगितामा नेपालबाट १९५ र भारतबाट १०५ गरी जम्मा ३०० जनाको सहभागिता रहको थियो । प्रतियोगितामा २१ गोल्ड, २३ सिल्भर र ४२ कांस्य पदकसहित नेपालले प्रथम स्थान हासिल गरेको छ भने १६ गोल्ड, १४ सिल्भर र ३३ कांस्य पदकसहित भारत दोस्रो भएको छ ।

प्रतियोगितामा नेपालले भारतलाई हरेक पदकमा उछिनेको छ ।

प्रतिकृया दिनुहोस्