×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विवेकशील साझामा नयाँ नेतृत्व : अध्यक्षमा समीक्षा र महासचिवमा रञ्जु चयन

विवेकशील साझामा नयाँ नेतृत्व : अध्यक्षमा समीक्षा र महासचिवमा रञ्जु चयन

 काठमाडौं - विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । हिजो शुक्रबार र शनिबार चलेको पहिलो महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको निर्वाचन समितिका संयोजक केशव दाहालले जानकारी दिए । त्यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र बिमला अधिकारी पनि सर्वसम्मत चयन भएका छन् ।

महासचिवमा रञ्जु दर्शना, सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल पनि सर्वसम्मत चुनिएका संयोजक दाहालले जानकारी दिए ।

विवेकशील साझा पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ । जसमध्ये सात प्रदेशबाट समावेशी सिद्धान्तका आधारमा चयन हुने २/२ जना,  महिला ५ जना  जनसंगठनबाट चयन हुने २ जना गरी २१ जना चयनका लागि शनिबार नै  निर्वाचन हुनेछ ।

प्रतिकृया दिनुहोस्