×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देउवाकाे निर्देशन- ‘बागी उम्मेदवारी फिर्ता लिनुस्, संविधानविराेधी प्रवृत्तिलाई परास्त गर्नुपर्छ’

देउवाकाे निर्देशन- ‘बागी उम्मेदवारी फिर्ता लिनुस्, संविधानविराेधी प्रवृत्तिलाई परास्त गर्नुपर्छ’

काठमाडाैँ- प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले लाेकतन्त्रविराेधी प्रवृत्तिलाई निर्वाचनकाे माध्यमबाट परास्त गर्नुपर्ने बताएका छन् । बिहीबार एक सर्कुलर जारी गर्दै देउवाले यस्ताे बताएका हुन् । उनले यसका लागि पाँचदलीय गठबन्धनकाे अपरिहार्यता रहेकाे औंल्याएका छन् । ‘संविधानविरोधी तथा लोकतन्त्रविरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरूलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधार स्तम्भहरूलाई मजवुद बनाउनु आजको सर्वाधिक आवश्यकता हो ।’ 

उनले बागीका रूपमा उम्मेदवारी दर्ता गराएका नेता/कार्यकर्ताहरूलाई आफ्नाे उम्मेदवारी फिर्ता गर्न निर्देशनसमेत दिएका छन् । देउवाकाे अपिल छ, ‘देशभरका स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडा अध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ-आफूले दर्ता गराउनुभएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समय २०७९ वैशाख १६ गते बेलुकी ५ः०० बजेभित्र सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिई दिनुहुन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपिल गर्दछु ।’

प्रतिकृया दिनुहोस्