×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

छठपछि आउने भयो एमालेको चुवानी घोषणापत्र

छठपछि आउने भयो एमालेको चुवानी घोषणापत्र

काठमाडाैं- नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र छठपछि सार्वजनिक गर्ने तयारी गरेको छ । एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टका अनुसार घोषणापत्रमा प्राप्त सुझावहरु अध्ययन गरिरहेको र चाडपर्व सकिने बित्तिकै घोषणपत्र सार्वजनिक गर्ने तयारी रहेको छ ।

“घोषणापत्र बनाउन सुझावहरु धेरैजसो आइसकेको छ, आएका सुझावहरुको अध्ययन भइरहेको छ”, सचिव विष्टले भने, “घोषणापत्रलाई अन्तिम रुप दिएर चाडपर्वलगत्तै सार्वजनिक गर्ने तयारी छ ।”

एमालेको चुनावी घोषणापत्र निर्माणका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा मस्यौदा समिति गठन गरिएको छ । उक्त समितिले आएका सुझावलाई समेटेर अन्तिम रुप दिने काम गरिरहेको उक्त विगागले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस्