काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ। युवराज पौडेल सफलले उक्त पार्टी खारेजी माग गर्दै बुधबार निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन्।
रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी दर्ता भएकोले पार्टी खारेज गर्नुपर्ने उजुरी मार्फत पौडेलले माग गरेका छन् ।