×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

गैरसांसद गजेन्द्र हमाल आपूर्तिमन्त्री बन्दै

गैरसांसद गजेन्द्र हमाल आपूर्तिमन्त्री बन्दै

काठमाडौँ- प्रधान मन्त्री शेरबहादुर देउवाले गजेन्द्र हमाललाई मन्त्री बनाउने भएका छन् । प्रधान मन्त्री देउवाले ४ जना कांग्रेस सांसदलाई मन्त्री बनाउँदैछन् भने गैरसांसद नेता गजेन्द्र हमाल पनि मन्त्री बन्दैछन् ।  हमाल बढीमा ६ महिना मन्त्री बन्न पाउनेछन् । नेपालगञ्जका हमाल संघीय संसद्को सदस्य छैनन् ।

हमाललाई यसअघि प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनाउने चर्चा चलेको थियो । हमाल प्रधान न्यायाधीशका नातेदार (जेठान) समेत हुन् ।  हमाल मन्त्री बन्नेबारे गरिएको प्रश्नमा मन्त्री बन्न लागेका एक नेताले मकालुखबरसँग भने, ‘मन्त्री हुनुहुने नेताहरूको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको छ भन्ने जानकारी पाएँ । त्यसमा गजेन्द्र हमालको नाम पनि छ । ४ बजेपछि शपथ हुने बताइएको छ ।’  हमाल आफैँ कांग्रेस राजनीतिमा छन् । हमाल परिवार बाँकेबाट राजनीतिमा सक्रिय छ । हमाल विसं ०५३ देखि ५६ सालसम्म बाँके जिल्ला कांग्रेस सभापति थिए ।

हमाललाई आपूर्ति मन्त्रालयको जिम्मेवारी सुम्पिने श्रोतले बताएको छ ।  कांग्रेसबाट मन्त्री बन्ने नेताहरूमा मिनेन्द्र रिजाल (रक्षा), दिलेन्द्र बडू (कानून), उमा रेग्मी (महिला तथा बालबालिका) र उमाकान्त चौधरी (खानेपानी) छन् । अहिले कानून मन्त्रीको जिम्मेवारीमा रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई भने सञ्चार मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

प्रतिकृया दिनुहोस्