×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

जापानमा साइकल  प्रयोगकर्ताहरूलाई अप्रिलबाट कडा नियम लागु

जापानमा साइकल  प्रयोगकर्ताहरूलाई अप्रिलबाट कडा नियम लागु

टोकियो ।  जापान सरकारले साइकल  प्रयोगकर्ताहरूलाई लक्षित गर्दै  यहि अप्रिलबाट नयाँ कडा नियम लागु गरेको छ। आजबाट साइकल  चलाउँदा विभिन्न नियम उल्लङ्घन गरेमा प्रत्यक्ष जरिवाना तिर्नुपर्ने व्यवस्था लागु गरिएको बताईएको छ । प्रहरी एजन्सीले सार्वजनिक गरेको नयाँ नियमअनुसार, साइकल  चलाउँदा मोबाइल फोन चलाउने वा स्क्रिन हेर्ने जस्ता ‘ नागारा–स्मार्टफोन’ (ながらスマホ) कार्यमा सबैभन्दा कडा जरिवाना तोकिएको छ। यस्तो कार्यमा पक्राउ परे प्रतिव्यक्ति १२ हजार येन जरिवाना तिर्नुपर्नेछ।

यसैगरी, वर्षातमा छाता ओढेर साइकल चलाउने वा इयरफोन लगाएर बाहिरी आवाज नसुन्ने अवस्थामा चलाउनेहरूलाई ५ हजार येन जरिवाना तोकिएको छ। त्यस्तै, ट्राफिक बत्तीको उल्लङ्घन गर्ने (सिग्नल नमान्ने) ले ६ हजार येन, सडकको विपरीत दिशामा चलाउने वा पैदलमार्ग प्रयोग गर्नेले ६ हजार येन, ‘स्टप’ संकेतमा  नरोकिन्नेहरुलाई ५ हजार येन जरिवाना हुनेछ।

दुई जनासंगै लाई लागेर साइकल चलाउने वा एकै साइकिलमा दुई जना चढ्ने जस्ता कार्यमा भने ३ हजार येन जरिवाना हुनेछ। प्रहरीले १६ वर्षभन्दा माथिका साइकल  प्रयोगकर्तालाई लक्षित गरी  ११३ प्रकारका उल्लङ्घन कार्यमा जरिवाना प्रणाली लागू गर्ने तयारी गरेको छ। यससँगै, अहिलेसम्म चेतावनी वा सचेतनामै सीमित कारबाहीलाई प्रभावकारी बनाउन “ब्लु चिट”मार्फत तुरुन्त जरिवाना असुलीको व्यवस्था सुरु हुनेछ।

यस कदमको उद्देश्य साइकिल दुर्घटनाको जोखिम घटाउने र नागरिकलाई नियमबारे सचेत बनाउने हो। यसकै लागि प्रहरीले विस्तृत ‘रुलबुक’ (ルールブック) समेत सार्वजनिक गरेको छ, जसमा साइकल प्रयोग गर्दा ध्यान दिनुपर्ने सबै नियमहरू उल्लेख गरिएको छ।

विशेषज्ञहरूले भनेका छन्, “नियम कडा बनाइए पनि, सबैभन्दा जरुरी कुरा प्रयोगकर्ताले आफैं सजग भएर चलाउनु हो। यसले मात्रै दुर्घटनालाई रोक्न सक्छ।”

प्रतिकृया दिनुहोस्