×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

पारसको जर्सी नम्बर ७७ नेपाली क्रिकेटमा तत्काल प्रयोग नगरिने

पारसको जर्सी नम्बर ७७ नेपाली क्रिकेटमा तत्काल प्रयोग नगरिने

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले पूर्व कप्तान तथा सर्वाधिक सफल खेलाडी  पारस खड्काको सम्मानमा राष्ट्रिय क्रिकेट टिमको ७७ नम्बरको जर्सी तत्काल प्रयोग नगर्ने भएको छ ।

राष्ट्रिय टिममा जर्सी नम्बर ७७, पूर्व कप्तान पारस खड्काले प्रयोग गर्दै आएको जर्सी नम्बर हो । उनको सम्मानमा यो जर्सी तत्काल प्रयोग नगर्ने निर्णय गरेको सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । पूर्व कप्तान पारसले हालै मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

सन् २००४ मा मलेसियाविरुद्ध डेब्यू गर्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई अघि बढाएका पारसले नेपालबाट अन्तिम खेल २०२० मार्च ४ मा थाईल्यान्डविरुद्ध खेलेका थिए । पारसले नेपालका लागि १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४६ लिष्ट ए र ५६ टि२० खेलेका छन् । सन् २००९ देखि २०१९ सम्म नेपाली क्रिकेट टोलीको कप्तानी समालेका थिए । पारसको कप्तानीमा नेपालले पहिलो पटक २०१० मा घरेलु मैदानमा आइसिसी डिभिजन फाइभ देखि ओडिआई मान्यता पाएको थियो । २०१४ मा पहिलो पटक टि२० विश्वकप खेलेको थियो ।

प्रतिकृया दिनुहोस्