×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालले विश्वकप विजेता वेस्ट इन्डिजसँग टी-२० श्रृंखला खेल्ने

नेपालले विश्वकप विजेता वेस्ट इन्डिजसँग टी-२० श्रृंखला खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो इतिहासमै पहिलो पटक विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले यो ऐतिहासिक श्रृंखला संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने पुष्टि गरेको हो।

यो बहुप्रतिक्षित श्रृंखला आगामी सेप्टेम्बर २७ देखि ३० (असोज ११ देखि १४) सम्म चल्नेछ। यो पहिलो पटक हो जब नेपालले कुनै टेस्ट राष्ट्रसँग तीन खेलको पूर्ण टी-२० श्रृंखला खेल्न लागेको हो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

अक्टोबरमा ओमानमा हुने टी-२० विश्वकप ग्लोबल छनोटको तयारीलाई मध्यनजर गर्दै नेपालले आफूभन्दा निकै बलियो र अनुभवी टोलीसँग खेल्न लागेको हो। विश्व क्रिकेटका पावरहाउस मानिने वेस्ट इन्डिजसँगको प्रतिस्पर्धाले नेपाली खेलाडीको मनोबल बढाउनुका साथै विश्वकप छनोटका लागि उत्कृष्ट मञ्च प्रदान गर्ने विश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस्