×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाली पब्जी टिम डीआरएस गेमिङ रियाद प्रस्थान

नेपाली पब्जी टिम डीआरएस गेमिङ रियाद प्रस्थान

काठमाडौं- नेपाली पब्जी टिम ‘‘डीआरएस गेमिङ’’ पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल -२०२३ (पीएमडब्लूआई) मा प्रतिस्पर्धा गर्न साउदी अरेबिया प्रस्थान गरेको छ ।
 डीआरएस शनिबार प्रस्थान गरेकाे हाे ।

अलस्टार्स स्टेज दक्षिण एसिया स्तरको भोटिङमा सबैभन्दा धेरै भोट पाएर डीआरएस पीएमडब्लूआईका लागि छानिएको हो ।  यो प्रतियोगिताको कूल पुरस्कार राशि ४० करोड नेपाली रुपैयाँभन्दा बढी छ ।

पीएमडब्लूआई अलस्टार्स स्टेज र मेन टुर्नामेन्ट गरी दुई चरणमा हुँदैछ । यो प्रतियोगितामा ‘डीआरएस गेमिङ’ले जुलाई ११ देखि १३ सम्म चल्ने अलस्टार्स स्टेजको १८ खेल खेल्दैछ, जुन प्रतियोगिताको पहिलो चरण हो ।

यसमा ‘डीआरएस गेमिङ’ सहित १८ टिम सहभागी छन् । यो खेलको लागि १३ करोड रुपैयाँभन्दा बढी पुरस्कार राशि तोकिएको छ । ​अलस्टार्स स्टेजको खेल सकिँदा अङ्क तालिकाको शीर्ष पाँच टिमले मेन टुर्नामेन्टमा स्थानमा बनाउने छन्, जुन प्रतियोगिताको दोस्रो तथा प्रमुख चरण हो । यो चरणको खेल १४ जुलाई देखि १६ जुलाईसम्म चल्नेछ ।

मेन टुर्नामेन्टमा पब्जीको नौ क्षेत्रका १० टिम, एक आमन्त्रित टिम र अलस्टार्स स्टेजबाट आएका पाँच टिम गरी कूल १६ टिमले भिड्नेछन् । यो प्रतियोगिता साउदी अरेबियाको रियादमा हुँदैछ ।

May be an image of 9 people and text

प्रतिकृया दिनुहोस्