काठमाडौँ- जुवा खेलेको आरोपमा काठमाडौँको पैयाटारबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति पौने १२ बजे तार्केश्वर नगरपालिका पैयाटारस्थित भिमबाबु केसीको घरबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूबाट १६ थान कौडा र २ लाख ८६ हजार ६८० रुपैयाँ बरामद भएको छ। प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।