पछिल्लो २४ घण्टामा दुई हजार २९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा एक हजार ५८४ र चार हजार ३२१ एन्टिजेन परीक्षणमा सात सय १३ जना गरी दुई हजार २९७ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा देशभर कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ । यसअघि आईतबार कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भएको थियो भने शनिबार ३४ जनाको मृत्यु भएको थियो ।
पछिल्लो २४ घण्टामा थप ३ हजार १३० जना डिस्चार्ज भएका छन् ।