×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जिसस स्याङ्जामा गोलाप्रथा, प्रमुखमा कांग्रेस

जिसस स्याङ्जामा गोलाप्रथा, प्रमुखमा कांग्रेस

काठमाडौं- स्याङ्जा जिल्ला समन्वय समिति (जिसस) मा गोलाप्रथाबाट नेतृत्व टुङ्ग्याइएको छ। नेपाली कांग्रेस र नेकपा एमालेले सहमतिका आधारमा गोलाप्रथाबाट नेतृत्वको चयन गरेका हुन्।

११ स्थानीय तह रहेको स्याङ्जामा दुवै दलबाट ११/११ जना निर्वाचित भएपछि प्रमुखसहित चारसदस्य र उपप्रमुखसहित पाँच सदस्य रहनेगरी गोलाप्रथा गरिएकामा प्रमुखसहित चार सदस्य कांग्रेसलाई र उपाध्यक्षसहित पाँच सदस्य एमालेलाई परेको हो। प्रमुखसहित चार सदस्य नेपाली कांग्रेसले पाउने भएपछि पार्टीको बैठकले निर्णय गरेर उम्मेदवार टुङ्ग्याएको कांग्रेस प्रवक्ता भरतराज लम्सालले जानकारी दिउ।

उनका अनुसार नेपाली कांग्रेसले प्रमुखमा श्रीप्रसाद जिटीसहित सदस्यमा नेमबहादुर राना, सरस्वती बगाले र गीता खाँणलाई सिफारिस गरेको छ। पार्टीमा लामो समयसम्म सङ्घर्ष गरेको र पार्टीप्रति देखाइएको योगदानको कदर गर्दै समन्वय प्रमुखमा पठाउने निर्णय गरिएको प्रवक्ता लम्सालले जानकारी दिए। कांग्रेसका पूर्वजिल्ला सभापति, नेविसङ्घका संस्थापक सभापति रहेका जिटीले प्रजातन्त्र स्थापनाका लागि पटकपटक जेल जीवन बिताए थिए।

एमालेले उपप्रमुखसहित पाँच सदस्यको नाम टुङ्ग्याउनका लागि अहिले छलफलमा जुटेको पार्टीका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रेले जानकारी दिए। पार्टीको शीर्ष नेतृत्व अहिले छलफलमा रहेकाले केहीबेरमा अन्तिम नामावली सार्वजनिक गरिने उनले बताए।

जेठ ३१ गते जिससको निर्वाचन गर्ने गरी आज मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए। पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष गरी २२ जनाले मतदान गर्न पाउनेछन्। स्याङ्जाका ११ स्थानीय तहका ९७ वडाबाट निर्वाचित भएका नगर तथा गाउँसभाका सदस्य उम्मेदवार बन्न पाउनेछन्।

प्रतिकृया दिनुहोस्