काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा जनता समाजबादी पार्टी (जसपा)का संघिय परिषद अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भने निमन्त्रणा गरिएको छैन । राजपाबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई बोलाइएको छ । यादव र भट्टराई प्रधानमन्त्री ओलीका कट्टर आलोचक मानिन्छन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रदेशमा कांग्रेस,माओवादी केन्द्र र एमालेको माधव नेपाल समुहले एमाले नेतृत्वको सरकार ढाल्नको लागी महागठवन्धन बनाउने प्रयास सुरु गरेको छ । प्रचण्ड, नेपाल र जसपाको बाबुराम–उपेन्द्रपक्षले केन्द्रमा पनि ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न र सरकारको नेतृत्व लिन कांग्रेस सभापति देउवामाथी दबाव बढाइरहेका छन् ।
तर,प्रधानमन्त्री ओलीले भने जनता समाजवादी पार्टीका माग पुरा गरेर सरकारलाई निरन्तरता दिने तयारी गरेका छन् । यदि त्यो नभएको खण्डमा संसद नै फेस रणनीतिमा ओली छन् ।
वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले प्रधानमन्त्री ओलीले सम्भावित पांच कदम चाल्न सक्ने बताएका छन् । उनले भनेका छन् ‘प्रधानमन्त्री ओलीसंग बहुमत सिद्ध गर्ने ,सभामुख अग्नि सापकोटालाई तल झार्ने, देउबाजीसङ्ग सहमतिमा जाने, बिपक्षी नेताको जिम्मेवारी ग्रहण गर्ने वा पुनः संसद विघटन गर्ने सम्भाव्य कदम हुनसक्छ । ’