व्यवसायी तथा सांसद विनोद चौधरीले अबको सरकारले युवालक्षित कार्यक्रमहरु अघि बढाउनुपर्ने बताएका छन् । काठमाडौंमा बुधबार (आज) आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले युवालाई स्वदेशमै ‘गरिखाने’ बनाउनुपर्ने बताए ।
उनले भने भने-‘नेपाली बजारमा हरेक वर्ष ४ लाख युवाहरु उत्पादन हुन्छन् । उनीहरुको बाध्यता सुदूरको बाटो भइकन भारत जानुपर्ने छ । अबको सरकारले यसलाई केन्द्रमा राखोस्, काम अगाडि बढाओस् ।’