काठमाडौँ- त्रिदेशीय टी–ट्वेन्टी क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनि (पीएनजी) लाई हराएको छ । १ सय ८४ रनको लक्ष्य पछ्याएएको पीएनजीलाई ४ बल बाँकी छँदै १६८ रनमा सिमित गर्दै नेपालले १५ रनको जित हात पारेको हो ।
नेपालका कप्तान सन्दीप लामिछाने र करण केशीले ३–३, अभिनाश बोहोराले २ तथा सोमपाल कामीले १ विकेट लिए । पीएनजीका नोरमन भानुवाले ५२ रन बनाए ।
यसअघि कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । नेपालका आसिफ शेख ४३, रोहित पौडेल ३४, आरिफ शेख ३१ र कुशल भुर्तेलले २० रन बनाए । यसअघि घरेलु मैदानमै भएका दुई वटा एकदिवसीय खेल हारेकेा नेपालले याे जितसँगै केही राहत महसुस गरेकाे ५ ।