×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

कोरोना अपडेट : थप ६६६ जनामा कोरोना‚ ६२२ संक्रमणमुक्त

कोरोना अपडेट : थप ६६६ जनामा कोरोना‚ ६२२ संक्रमणमुक्त

काठमाडौँ-  नेपालमा मंगलबार थप ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ७ सय ७१ पीसीआर परीक्षणका क्रममा ५ सय ६९ जना र २ हजार २ सय ४९ एन्टीजेन परीक्षणका क्रममा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ४ हजार ५ सय १३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ७२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ६ सय २२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८८ हजार ६ सय ३० जना निको भएका छन् । हाल नेपालमा १० हजार २ सय ९६ सक्रिय संक्रमित आइसोलेसन र २ सय १७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्