×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दाङबाट रोल्पा जाँदै थियो बस, गुडिरहँदा करेन्ट लाग्दा ३ जनाको मृत्यु

दाङबाट रोल्पा जाँदै थियो बस, गुडिरहँदा करेन्ट लाग्दा ३ जनाको मृत्यु

काठमाडौं- दाङबाट रोल्पा जाँदै गरेको यात्रुवहाक बसमा करेन्ट प्रवाह हुँदा ३ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका-४ का ७० वर्षीय बालाराम डाँगी, उनका छोरा ४५ वर्षीय टोपलाल डाँगी र गाडीधनी सल्यानको छत्रेश्वरी गाउँपालिका-६ का अन्दाजी ३७ वर्षीय महेन्द्र ओली रहेका छन्। ओलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए।

बिहीबार बिहान तुलसीपुरबाट छुटेको रा १ ख ८३४ नम्बरको बसमा राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक सडकमा लत्रिएको बिजुलीको तारले छुँदा करेन्ट प्रवाह भएको थियो।

बुधबार राति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो। सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइएर बसमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्