×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

संस्कृति/संस्कार

अनिश्चितकालका लागि राेकियाे पशुपति मन्दिरकाे पुजापाठ

अनिश्चितकालका लागि राेकियाे पशुपति मन्दिरकाे पुजापाठ

काठमाडौं - पशुपतिनाथ मन्दिरमा भक्तजनलाई पूजापाठ गर्न अनिश्चितकालका लागि रोक लगाइएको छ। कोरोना भाइरसको महामारीका कारण शुक्रबारदेखि लागू हुने गरि अर्को निर्णय नहुँदासम्मका लागि पूजापाठ रोक लगाइएको हो।

यो अवधिमा भक्तजनले पूजा गर्न नपाउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बढ्दै गएको कोरोना संक्रमण रोकथामका लागि भक्तजनहरूलाई मन्दिर दर्शन गर्न रोक लगाइएको कोषका कोषाध्यक्ष मिलनकुमार लामाले जनाएका छन्। भक्तजनहरूलाई पशुपतिनाथको दर्शनमा रोक लगाए पनि दैनिक गरिने पूजा भने नरोकिने कोषले जनाएको छ।

प्रतिकृया दिनुहोस्