×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेप्से परिसूचक ३३.९७ अङ्कले घट्यो

नेप्से परिसूचक ३३.९७ अङ्कले घट्यो

काठमाडौँ- साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । नेप्से परिसूचक आज ३३.९७ (१.७८ प्रतिशत) अङ्कले घटेर १८७६.४१ को बिन्दुमा पुगेको छ ।

आज २२९ कम्पनीका ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर किनबेच भएको छ । यस्तै, एक अर्ब ६० करोड १८ लाख २२ हजार ९५४.९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।आज सेन्सेटिभ इन्डेक्स पनि १.६२ प्रतिशतले घटेर ३६५.८६ को बिन्दुमा पुगेको छ । आज १३ वटा उपसमूहको समूहगत सूचक पनि ओरालो लागेको छ । आज ट्रेडिङ समूहको समूहगत सूचक सर्वाधिक ३.२४ प्रतिशतले घटेको छ । 

प्रतिकृया दिनुहोस्