×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अशक्त नागरिकलाई घरघरमै नागरिकता वितरण

अशक्त नागरिकलाई घरघरमै नागरिकता वितरण

खोटाङ – खोटाङको साकेला गाउँपालिकाले अशक्त नागरिकलाई घरघरमै नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अपांग र अशक्त नागरिकलाई पहिचान गरेर गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले प्रशासनसँगको सहकार्यमा घरैमा पुगेर नागरिकताको प्रमाणपत्र वितरण सुरु गरेको हो ।

गाउँपालिकाले अपांग र अशक्तको नागरिकता बनाउनका लागि आवश्यक कागजात तयार पारेर आफ्नो प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालय पठाएको थियो । जिल्ला प्रशासन कार्यालयमा प्रकृया पूरा गरेर नागरिकता तयार भएपछि प्रशासनले आफ्नो प्रतिनिधि गाउँमै पठाएर अनुसूचीमा सनाखत गराउँदै नागरिकताको प्रमाणपत्र वितरणको व्यवस्था मिलाइएको हो ।

गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेपछि नागरिकताविहीन अशक्त र अपांग लाभग्राहीको सामाजिक सुरक्षा भत्ता रोकिएको थियो । 

प्रतिकृया दिनुहोस्