×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव

देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव

काठमाडौं -सरकारको विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहका शीर्ष नेताको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेपछि सभापति देउवाले प्रधानमन्त्रीको दाबी पेश गरेको माओवादी नेता लीलामणि पोखरेलले जानकारी दिए ।

१४९ जना सांसदको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्री प्रस्ताव गरिएको उनले बताए । देउवाको समर्थनमा हस्ताक्षर गर्ने सांसदमा नेकपा एमाले माधव समूहका पनि २७ जना सांसदसमेत रहेका छन् । त्यसैगरी जसपाका यादव-बाबुराम पक्षका १३ सांसदले हस्ताक्षर गरेका छन् ।

१४९ हस्ताक्षरसहित देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई र उपेन्द्र यादव शीतलनिवास पुगेका छन् ।

 

प्रतिकृया दिनुहोस्