×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चीनसँगको ग्लोबल सेक्युरिटी इनिसिएटिभबारे सरकारसँग जवाफ माग

चीनसँगको ग्लोबल सेक्युरिटी इनिसिएटिभबारे सरकारसँग जवाफ माग

काठमाडौँ- नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको बारेमा चिनियाँ पक्षबाट जारी भएको विज्ञप्तिमा ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालको संलग्नताबारे उल्लेख भएको भन्दै त्यसबारे सरकारसँग जवाफ माग गरेकी छिन् ।

यसबारे चिनियाँ राजदूतको पत्रिकामा प्रकाशित लेखमा तथा चिनियाँ उच्च राजनीतिक सल्लाहकारले राष्ट्रिय सभाका अध्यक्षसँग भएको कुराकानीमा पनि उल्लेख गरेको उनको भनाई थियो । 

नेपालको कुनै पनि सेक्युरिटी एलाइन्समा सहभागी हुने नीति विपरीत आएका अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालय अझै मौन रहेकोमा पूर्व परराष्ट्रमन्त्री समेत रहेकी कोइरालाले आश्चर्यसमेत व्यक्त गरिन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै उनले लामो समदेखि तातोपानी र रसुवा नामा लामो समयदेखि बन्द रहेकोमा पनि चासो व्यक्त गरिन् । उनले यसबाट व्यापारी पीडित भएको र उनीहरू आत्महत्या गर्नेसम्मको अवस्थामा पुगेकाले सो विषयमा कूटनीति पहल गर्न आग्रह समेत गरेकि छिन् ।

प्रतिकृया दिनुहोस्