गोभिन बिष्ट
काठमाडौ- वैदिक सनातन धार्मिक महासंघको तेस्रो राष्ट्रिय भेला कार्यक्रम बाट आचार्य द्राेण सुवेदी निर्वाचित हुनुभएको छ । राष्ट्रवादी केन्द्र नेपालको भातृ संगठन वैदिक सनातन धार्मिक महासंघले काठमाडौस्थित आर. बी. होम पार्टी प्यालेस् चाबहिलमा एघार सय धार्मिक प्रतिनिधित्व बाट सुवेदि लाई अध्यक्षमा चयन गरिएको छ ।
राष्ट्रिय भेला बाट अध्यक्षमा आचार्य द्राेण सुवेदी , बरिस्ठ उपाध्यक्षमा श्याम केसि , उपाध्यक्षमा बिदुर वाग्ले , बाल मुकुन्द देवकोटा , चिरञ्जीवी न्यौपाने , प्रेम बस्नेत , सुदर्शन सिग्देल , बाबु रत्न महर्जन , चन्द्रबहादुर तामाङ रहनु भएको छ । यस्तै महासचिव बसन्त तिमल्सिना , उपमहासचिवमा हरि शरण सिलवाल , कमल गौतम , गोकुल लुइँटेल , गायत्री खरेल रहनु भएको छ भने सचीवमा धुर्व अधिकारी , शुशिला नेपाल , भवानी शंकर गौतम , सरिता केसि , सुख चन्द्र लाल कर्ण , डा। यादव प्रसाद गरतौला, लक्ष्मण गुरुङ , गुरु बाल सन्त रहनु भएको छ । कोषाध्यक्षमा गोपाल आचार्य सहित ९९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि चन्द्रबहादुर थापाले सदियौ देखी चलिआएको वैदिक सनातन धर्म संकटमा परेको र बिदेशी प्रभाव दिनप्रतिदिन उत्तिकै बढ्दै गएको हुदा नेपाल लाई वैदिक सनातन धर्म सापेक्ष राष्ट्र कायम गर्न जुनसुकै कठिनाइ भोग्न तयार रहेको र लडाइ नै लड्नु परेपनी हामी तयार रहेको बताउनु भयो । भेला कार्यक्रम लाई केहि केन्द्रीय नेतृत्वले सम्बोधन गरेका थिए । वैदिक सनातन धार्मिक महासंघको केन्द्रिय अध्यक्षमा युवा चयन भएकोमा भेलामा उपस्थिति सम्पुर्ण प्रतिनिधि खुसी भएको महसुस गरेका थिए ।
नब निर्वाचित कार्यसमिति लाई शुभकामना दिनुहुने उप प्राध्यापक तथा पुर्व सांसद भिक्षु आनन्द भन्ते , वाल्मीकि क्याम्पसका प्राध्यापक नमराज कटेल , राष्ट्रवादी केन्द्र नेपालका प्रबक्ता सैलेन्द्र महत , सहप्रबक्ता साधुराम महर्जन , बिशेश विशेष ब्यूरो डा। प्रसान्त पाण्डे लगायत केहि ब्याक्तीहरुले शुभकामना दिनु भएको थियो ।
पहिलो चरणको भेला कार्यक्रमको संचालक दोर्ण सुबेधीले गर्नुभएको थियो भने दोस्रो चरणमा बसन्त तिमल्सिनाले गर्नुभएको थियो । कार्यक्रमको संयोजक बिन्दु केसिले गर्नुभएको थियो ।