×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चेम्बरले दियो शुक्रराज ट्रपिकललाई स्वास्थ्य सामग्री

चेम्बरले दियो शुक्रराज ट्रपिकललाई स्वास्थ्य सामग्री

नेपाल चेम्बर अफ कमर्सको तर्फबाट चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई स्वास्थसम्बन्धी सामाग्रीहरू हस्तान्तरण गरेको छ ।

अस्पतालका तर्फबाट डा. राजेश शाहले उक्त सामग्रीहरु ग्रहण गर्दै चेम्बरबाट विगतमा पनि यस्तै सामग्रीहरू प्राप्त भएको स्मरण गर्दै चेम्बरलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै चेम्बरका अध्यक्ष मल्लले त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षलाई पनि स्वास्थसम्बन्धी सामग्रीहरू हस्तान्तरण गरेका छन् ।

त्रिवि शिक्षण अस्पताल आकस्मिक कक्षको तर्फबाट प्रा।डा.योगेन्द्रमान शाक्यले सामग्री ग्रहण गरेका थिए । त्यसैगरी चेम्बरका अध्यक्ष मल्लले राधास्वामी अक्सिजन थेरापी आइसोलेसन सेन्टर गोंगबुको लागि पनि स्वास्थसम्बन्धी सामग्रीहरू उक्त केन्द्रका तर्फबाट नेपाली सेनाका डा।क्याप्टेन मुक्तिनाथ शाखीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा चेम्बरका उपाध्यक्ष तथा नेपाल चेम्बर कोभिड व्यवस्थापन समितिका संयोजनक दीपककुमार मल्होत्रा, चेम्बरका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ तथा कार्य समिति सदस्य नवराज ढकालको पनि उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्