×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टिकटकमा रुचाइँदै ‘२ नम्बरी’ टिजर, झन्डै तीन लाख बने टिकटक

टिकटकमा रुचाइँदै ‘२ नम्बरी’ टिजर, झन्डै तीन लाख बने टिकटक

काठमाडौं- आगामी २१ असोजबाट रिलिज हुने फिल्म ‘२ नम्बरी’को टिजर सार्वजनिक हुनासाथ यसलाई विशेषत टिकटक बनाउनेको संख्या बढ्दै गएको छ । टिजरमा प्रयोग गरिएको संवादमाथि झन्डै तीन लाखभन्दा बढीपटक टिकटक बनेका छन् ।

नौ दिनअघि सार्वजनिक टिजरले युट्युबमा १० लाख बढी भ्युज पाइसकेको छ । टिजरमा मुख्य कलाकारहरू नायकद्वय दयाहाङ राई, सौगात मल्ल र नायिकाद्वय उपासनासिंह ठकुरी र उगेन छोदेन हाबी छन् ।

दर्शकले सौगात र उपासनाविचको संवादलाई पनि निक्कै रुचाएका छन् । ‘हामीले दुई मिनेटभन्दा लामो टिजर सार्वजनिक गरेका थियौं । यसबाट नै उत्कृष्ट प्रतिक्रिया पाएका छौं । अब, टिजरभन्दा अझै बुलन्द ट्रेलर सार्वजनिक हुनेछ,’ प्रस्तुतकर्ता किरण नेपालीले भने ।

फिल्ममा दीपक मनांगे, अमलादेवी राई र जयश श्रेष्ठको लगानी छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्ममा मिठु तामाङ्नी सहनिर्मात्रीको रूपमा छिन् । फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । 

प्रतिकृया दिनुहोस्