विश्वकप लिग-२ अन्तर्गतको दोश्रो त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आफ्नो पाँचौ खेलमा अमेरिकासंग प्रतिस्पर्धा गरिरहेको छ ।
ओमानको मस्कट स्थित अल अमिरात क्रिकेट मैदानमा हुने डे-नाइट खेलमा अमेरिकाले टस जितेर ब्याटिङ गरिरहेको छ । अमेरिकाले यो समाचार तयार पार्दासम्म २५ ओभर सकिदासम्म ३ विकेटको क्षतिमा १०६ रनमा खेलिरहेको छ । नेपालका लागिअहिलेसम्म बिक्रम सोव, सन्दीप लामिछाने र कुशल मल्ल लिएका छन् ।
अनुभवी ब्याट्सम्यान शरद भेसावकर लगायत आरिफ शेख, पवन सर्राफ, अविनाश बोहरा र गुल्सन झालाई बाहिर राखिएको छ। दिपेन्द्र ऐरी घाइते भएका कारण सिरिज बाटै बाहिर भइसकेका छन्। अन्तिम-११ मा नेपालले ३ जना फास्ट बलर सोमपाल कामि, बिक्रम सोब र करन केसी लाई राखेको छ भने सन्दिप लामिछाने र सुशन भारि स्पिनरको रुपमा रहेका छन्।
नेपालको अन्तिम ११ : ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, बिनोद भण्डारी, कुशल मल्ल, करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, सुशन भारि र बिक्रम सोब
मैदान बाहिर रहेका खेलाडीहरु : अविनाश बोहरा, शरद भेसावकर, पवन सर्राफ, आरिफ शेख, दिपेन्द्र ऐरी, गुल्सन झा