एएफसी एसियाकपको तयारीमा रहेको नेपाली यू-२३ टीम इन्डोनेशियाको यु-२३ टिमसँग २-० ले पराजित भएको छ ।
अभ्यास खेलमा नेपाली टोलीले इन्डोनेसियालाई पहिलो हाफमा रोकेपनि दोस्रो हाफमा भने दुई गोल खान पुगेको थियो। इन्डोनेसियाका लागि हसिन सागधराले ५५ औं मिनेटमा र इन्जुरी समयमा विटेन सुलेमानले गोल गरेपछि इन्डोनेसियाले २-० को ले विजयी भयो ।
एसियन कप छनोटमा नेपालले इरान, लेबनान र आयोजक ताजिकिस्तानको समूहमा रहेर प्रतिस्पर्धा गर्दै छ। प्रतियोगिता २५ देखि ३१ अक्टोबरसम्म हुनेछ।