×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मधेश प्रदेश

बारामा दुर्घटना हुँदा दुईजनाकोज्यान गयो, तीन घाइते

बारामा दुर्घटना हुँदा दुईजनाकोज्यान गयो, तीन घाइते

बारा- बाराको पथलैयामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घटनामा तीन जना घाइते भएका छन् ।

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका– २१ स्थित आधाबारमा बोलेरो र ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रामकुमार महतोले हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बोलेरो र विपरित दिशाबाट जाँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक एकापसमा ठोक्किएको जानकारी दिए ।

दुर्घटनामा मृत्यु भएका तथा घाइतेको पहिचान खुल्न सकेको छैन । घाइतेहरूको पर्वानिपुरस्थित एल एस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्