×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

राखेपको कार्यकारी जिम्मेवारी पोखरेललाई

राखेपको कार्यकारी जिम्मेवारी पोखरेललाई

काठमाडाैँ- सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी सदस्य-सचिवका रूपमा कमलप्रसाद पोखरेललाई जिम्मेवारी दिएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकको निर्णयअनुसार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले राखेपको प्रशासनिक तथा आर्थिक अधिकारसहितको जिम्मेवारी मन्त्रालयका सहसचिव पोखरेललाई दिएका हुन् । 

बैठकले राखेप सदस्य-सचिवको अनुपस्थितिमा पोखरेलले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार परिषद्को अध्यक्षले मन्त्रालयका महाशाखा प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई दिने निर्णय गरेको छ । सोहीअनुसार सदस्य-सचिवको अनुपस्थितिमा पोखरेललाई प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार दिएको हो ।

लगभग दुई महिनादेखि राखेप सदस्य-सचिवविहीन हुँदा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलकुद तयारीसँगै सिंगो खेलकुद नै प्रभावित बनेको छ । सदस्य-सचिव नहुँदा राखेपको सम्पूर्ण आर्थिक तथा प्रशासनिक काम रोकिएको थियो । देउवा सरकारले १ कात्तिकमा रमेशकुमार सिलवाललाई सदस्य-सचिव पदबाट बर्खास्त गरेको थियो ।

प्रतिकृया दिनुहोस्