×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गृहमन्त्रीसँग सुन प्रकरण छानबिन गर्न एमालेको माग

गृहमन्त्रीसँग सुन प्रकरण छानबिन गर्न एमालेको माग

१० साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवैध सुन आयात प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणबारे छानबिन गर्न माग गरेको छ।

प्रतिनिधि सभाको बुधबारको बैठक सुरू हुनेबित्तिकै एमाले सांसदहरू बसेको ठाउँबाट उठेका थिए।

लगत्तै सभामुख देवराज घिमिरेले बोल्न प्रमुख सचेतक पदम गिरीलाई समय दिएका छन्। उनले सुन प्रकरणबारे छानबिन गर्न माग गरेका छन्।

‘सत्तापक्षकै दलका नेता कृष्णबहादुर महरा र उनका छोरामाथि सुन प्रकरणमा छानबिन गर्नुपर्छ,’ उनले भने, ‘ठूला माछा उम्कने, सानालाई खोजीखोजी कारबाही गर्ने?’

महराले पटक-पटक भन्सारका कर्मचारीलाई फोन गर्ने गरेको उनको भनाइ छ।

बैठकपछि एमालेका एक नेताले भने, ‘सशक्त ढंगले अगाडि बढ्ने, सुन प्रकरणमा गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने, छानबिनको माग गर्ने, जवाफ माग्ने निर्णय भएको छ । तथ्यगत रिपोर्ट के हो जवाफ माग्ने नै मुख्य निर्णय हो ।’

एमाले नेता रघुजी पन्तले एक क्विन्टल सुन अवैध रुपमा आयात गर्ने कम्पनीले यसअघि पनि पटक-पटक सामान ल्याएको देखिएको उल्लेख गर्दै त्यसबारे पनि छानबिन हुनुुपर्ने बताए ।

कसले सुन ल्याएको हो दोषी पत्ता लगाउनुपर्ने र कानुनी कारबाही गर्नुपर्ने आफ्नो पार्टीको निर्णय भएको उनले जानकारी दिए ।

गृहमन्त्रीको जवाफ कस्तो आउँछ त्यस आधारमा एमालेले थप कदम चाल्ने पनि उनले बताए ।

प्रतिकृया दिनुहोस्