×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

साइबर स्यालले फोटो इडिट गरेर चरित्र हत्या गर्न खोजेको विमलाको आरोप

साइबर स्यालले फोटो इडिट गरेर चरित्र हत्या गर्न खोजेको विमलाको आरोप

लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी ओलीले आफ्नो फोटो इडिट गरेर  चरित्र हत्या गर्न खोजिएको बताएकी छन् । वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफ्नो फोटो इडिट गरेर ‘फसाउन’ खोजेको भन्दै उनले आपत्ति जनाएकी हुन्। बस्नेतको अंगालोमा बसी उनले गालामा चुम्बन गरेको फोटो सामाजिक सन्जालमा भाइरल भएपछि उनले स्पष्टीकरण दिएकी हुन् ।

बुधबार साझ आफ्नो फेसबुक वालमा विज्ञप्ति जारि गर्दै उनले राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्ने झुण्डले यस्तो गतिबिधि गरेको बताएकी छन् । ‘हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र हत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चहान्छु’ उनले बिग्यप्त्रिमा लेखेकी छन्। ‘एकाएक मेरो फोटो जोडेर आउँदा म आफैं आश्चर्यचकित भएकी छु । म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन उनले भनेकी छन्।

आफ्नो चरित्रमाथि दाग लाग्ने गरी ‘साइबर स्याल’हरुबाट चरित्र हत्याको दुस्प्रयास भएको भन्दै उनले यसमा संलग्नमाथि कारवाहीको माग समेत गरेकी छन् ।

आफूले माओवादी पार्टी रोजेपछि एमालेमै रहन पटक–पटक दबाब दिइएको भएपनि आफू प्रतिबद्ध भएर माओवादी केन्द्रमै रहेपछि यसरी चरित्र हत्या गर्न खोजिएको उनको भनाइ छ । ‘माओवादी केन्द्रं रोजेपछि केही तत्वहरुबाट ममाथि पटक–पटक आक्रमण गर्ने प्रत्यत्न गरिरहेका थिए, मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसैको उपज थियो । अहिले पनि पटक–पटक मलाई पार्टी परित्याग गर्न दवाब आइरहेको थियो । तर, म आफ्नो पार्टीप्रति प्रतिबद्ध हुँदा मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दुस्प्रयास स्वरुप नै मेरो चरित्र हत्या गर्न खोजिएको हो । यसमा कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु’ विज्ञप्तिमा उनले भनेकी  छन् ।

वाइसीएलका कार्यकर्ता बस्नेतले एस अघि आफु अनभिज्ञ रहेको बताएको भए पनि अहिले आफ्नो फेसबुक आइडी कसैले ह्याक गरेर फोटो इडिट गरी भ्रम छर्न खोजेको बताएका छन् ।  फेसबुक वालमा बस्नेतले लेखेका छन्, ‘मेरो फेसबुक कसैले ह्याक गरेर फोटो इडिट गरी भ्रमको खेती गरिएकोमा दुखित र गम्भीर बनाएको छ। ‘नाताले विमला मेरो दिदी हुनुहुन्छ, राजनीतिक प्रतिशोध साधेर चरित्र हत्या र बद्नाम गर्न खोजिएको हो भन्दै बस्नेतले भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।

तत्कालीन नेकपाबाट उपनिर्वाचन जितेकी विमलाले नेकपा खारेजपछि माओवादी केन्द्र रोजेकी थिइन् । उनलाई एमालेले पार्टीमा ल्याउन निकै प्रयास गरेपनि असफल भएको थियो । लुम्बिनी प्रदेशमा एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार असफल हुनुमा विमला नै निर्णायक बनिन ।

श्रीमान् उत्तरकुमार ओलीको निधन पछि सांसद बनेकी खत्रीले माओवादी केन्द्र छोडेर एमालेमा आएकी हुन् .
उत्तरकुमार ओली २०७४ सालमा एमालेबाट निर्वाचित भएका थिए। उनको सवारी दुर्घटनामा मृत्यु भएपछि श्रीमती विमला प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्।

उपनिर्वाचनमा आफूले माओवादी नेताहरूबाट नै बढी समर्थन र सहयोग पाएकाले सोही पार्टीमा लाग्ने निणर्य गरेको विमलाले बताउँदै आएकी थिइन्। तसर्थ उनको झुकाव माओवादी पार्टीप्रति नै रहेको थियो।  

उनलाई भाउजु सासदका नामले समेत चिन्ने गरेका छन्। 

प्रतिकृया दिनुहोस्