×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तेस्रो टी–२० अन्तर्राष्ट्रियमा केन्याले नेपाललाई दियो १५७ रनको लक्ष्य

तेस्रो टी–२० अन्तर्राष्ट्रियमा केन्याले नेपाललाई दियो १५७ रनको लक्ष्य

काठमाडौं- केन्याले तेस्रो टी-२० अन्तर्राष्ट्रियमा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २ विकेट गुमाएर १५६ रन बनाएको हो ।

राकेप पटेल र इर्फान करिमले अर्धशतक प्रहार गरेपछि केन्याले १५७ रनको लक्ष्य दिएकाे हाे । पटेलले ४३ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा अविजित ७३ रन बनाए ।

यस्तै करिमबले ४७ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५५ रन जोडे । केन्याले अन्तिम पाँच ओभरमा ६९ रन जोडेको थियो । पटेल र करिमसुम नेपाली बलर कमजोर देखिए । नेपालका लागि सोमपाल कामी र बदिल बलमले एक-एक विकेट लिए ।

 

प्रतिकृया दिनुहोस्