×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

पुनः जुटे निधि, कोइराला र सिंह

पुनः जुटे निधि, कोइराला र सिंह

नेपाली कांग्रेसका तीन नेताबीच पुनः छलफल भएको छ । यसअघि नै दुईपटक आपसमा छलफल गरिसकेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच पुनः भेटवार्ता भएको हो ।

भेटमा वर्तमान राष्ट्रिय राजनीतिसँगै कांग्रेसको १४औं महाधिवेशनकेन्द्रित छलफल भएको नेता सिंहका प्रेस सहयोगी यूपी लामिछानेले बताए । सिंह निवास चाक्सीबारीमा भएको छलफलमा खासगरी कांग्रेस महाधिवेशनमा को र कसरी सभापतिको उम्मेदवार बन्ने भन्नेबारे छलफल भएको थियो । यी तीन नेताबीचबाट एकजना सभापतिको उम्मेदवार बन्ने बताइएको छ ।

यी तीनै नेताले आफूलाई १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारको रुपमा चिनाइरहेका छन् । यसअघि सिंह निवास चाक्सीबारी र कोइराला महाराजगञ्जमा दुईपटक भेटवार्ता भएको थियो । उक्त भेटघाटका क्रममा बहालवाला सभापति शेरबहादुर देउवाको विकल्पबारे छलफल भएको श्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस्