×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राससले सरकारको आधिकारिक सूचना बैंकको रुपमा काम गर्न सकोस् : प्रधानमन्त्री

राससले सरकारको आधिकारिक सूचना बैंकको रुपमा काम गर्न सकोस् : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समाचार समिति (रासस)ले राज्यको एक आधिकारिक सूचना बैंकको रुपमा काम गर्न सक्नुपर्ने बताएका छन। आइतबार राष्ट्रिय समाचार समिति (रासस)को ६२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्

वार्षिकोत्सवको समारोहमा शुभकामना दिनुहुँदै प्रधानमन्त्रीले भने, ‘‘प्रविधि र आफ्नो क्षमता विकास र विस्तारमा राससको ध्यान जानु आवश्यक छ। अहिले स्वदेशी तथा विदेशी सञ्चारमाध्यमलाई समाचार सेवा प्रदान गर्दै आएको छ । ६ दशकभन्दा पुरानो संस्था राससले राज्यको एक आधिकारिक सूचना बैंकको रुपमा काम गर्न सकोस्। प्रतिस्पर्धाको युगमा समय अनुसार आफूलाई अब्बल प्रमाणित गर्न सकोस्।’’

राससले टेलिभिजन र डिजिटल सेवा सुरु गरेकोमा प्रधानमन्त्री प्रचण्डले बधाई दिएका छन्। आजको विज्ञान तथा प्रविधिको युगमा सूचना र प्रविधिको विकासले सामाजिक जीवनका सम्पूर्ण आयामलाई समेटेको उनको भनाइ छ।  

प्रधानमन्त्री प्रचण्डले शुभकामना दिदै भने, ‘‘विश्वमा सूचना प्रविधि प्रत्येक मान्छेको आवश्यकताको विषय मात्र नभएर अनिवार्य आवश्यक भएको छ। विश्वमा भइरहेको सूचना र प्रविधिको विकासलाई हेरेर हामीले पनि अध्यावधिक र परिमार्जित हुनुपर्ने आवश्यकता छ। राससले जतिसक्दो चाँडो नागरिकलाई सूचना दिन नागरिकको सूचनाको हकलाई व्यवस्थित गर्न आफ्ना सेवालाई चुस्त दुरुस्त गर्न सकोस्।’’ 
 

प्रतिकृया दिनुहोस्