×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भिनिसियस जुनियरलाई पिएसजीको आकर्षक अफर

भिनिसियस जुनियरलाई पिएसजीको आकर्षक अफर

काठमाडाैँ- फ्रान्सेली लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ब्राजिली युवा विंगर भिनिसियस जुनियरलाई आकर्षक प्रस्ताव राख्दै स्पेनिस क्लब रियल म्याड्रिडमा सम्झौता नविकरण नगर्न आग्रह गरेको छ ।

पिएसजीले हालको सम्झौता सकिएपछि उनलाई लिग वानमा सामेल हुन प्रति सिजन ४० मिलियन युरोको प्रस्ताव गरेको हो । यो उनको हालको पारिश्रमिकभन्दा १२ गुणा र रियलसँगको सम्झौता नविकरण गर्ने भन्दाको ४ गुणा बढी हो ।

रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले स्पेनिस टिभी कार्यक्रम एल चिरिन्गुइटोमा यो कुराको खुलासा गरेका हुन् । २१ वर्षीय भिनिसियसलाई धेरै प्रस्ताव आएपनि उनले स्पेनिस महारथी रियलमै बस्ने योजना बनाएका छन् ।

भिनिसियस र रियलबीच सम्झौता नविकरण हुने भनिएपनि हुन सकेको छैन । सम्भवत भिनिले रियलमा सम्झौता नविकरण गर्नेछ । दुवै पक्षबीच सन् २०२६ र त्यो भन्दा माथिसम्म सम्झौता नविकरण हुने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्