×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सर्वदलीय बैठकमा एमाले नजाने

सर्वदलीय बैठकमा एमाले नजाने

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ । चुनावबारे छलफल गर्नका लागि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको हो ।

सर्वदलीय बैठकका बारेमा पार्टीलाई जानकारी प्राप्त नभएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताएका छन् । त्यस्तै स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा नेकपा ९एमाले० को सहमति नहुने पनि उनले स्पष्ट पारेका छन् ।

प्रधान मन्त्री देउवाले सरकारी निवास बालुवाटारमा बिहान साढे ९ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधान मन्त्रीको सचिवालयका अनुसार बैठकमा संसद्‌को गतिरोध अन्त्य गर्ने, स्थानीय तह निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने छ ।

प्रतिकृया दिनुहोस्