×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यू–१९ विश्वकप छनोट : नेपाल ८ रनमा अलआउट, युएई ७ बलमै विजयी

यू–१९ विश्वकप छनोट : नेपाल ८ रनमा अलआउट, युएई ७ बलमै विजयी

काठमाडौं- आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले यूएईसँग लज्जास्पद हार व्यहारेको छ । मलेसियाको यूकेएम ओभलमा शनिबार नेपाललाई यूएईले १० विकेटले हराएको हो ।
नेपालले दिएको ९ रनको लक्ष्य युएईले १ ओभर १ बलमा बिना विकेटको क्षतिमा ९ रन जोड्दै पूरा गर्यो।

यूएईको जितमा थिर्था सतिशले अविजित ४ रन जोडिन । लाभन्या केनी ३ रन अविजित रहिन् ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा अलआउट हुँदै ८ रन जोडेको हो ।

\इतिहासकै खराब प्रदर्शन गरेको नेपालका लागि स्नेहा महराले ३ तथा मनिषा रानाले अविजित २ रन जोडिन । किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले १÷१ रन जोडे ।

 

अन्जली कुमारी विश्वकर्मा, साना प्रविन, सृष्टि जैशी, कृतिका मरासिनी, रन्जु श्रेष्ठ, अलिशा कुमारी यादव शून्य रनमा आउट भए । यूएईका महिका गौरले ५ विकेट लिइन्। इन्धुजा नन्दकुमारले ३ विकेट हात पारिन् ।

 

छनोटमा नेपालको यो पहिलो हार हो । शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो। यूएईको भने यो लगातार दोस्रो जित हो । पहिलो खेलमा यूएईले भुटानलाई १ सय ६० रनले हराएको थियो । अब नेपालले सोमबार भुटानविरुद्ध खेल्नेछ । त्यस्तै मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।

प्रतिकृया दिनुहोस्