×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरकार चीनबाट ल्याउने भयो,२० हजार थान अक्सिजन सिलिन्डर

सरकार चीनबाट ल्याउने भयो,२० हजार थान अक्सिजन सिलिन्डर

काठमाडौं - सरकारले २० हजार थान अक्सिजन सिलिन्डर चीनबाट ल्याउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही दिनभित्रै २० हजारथान सिलिन्डर ल्याउन लागिएको बताए । डा. गौतमका अनुसार दुई हजारवटा हवाईमार्ग र १८ हजार स्थलमार्गबाट ल्याउन लागिएको हो ।

नेपालमा अक्सिजन उत्पादन पर्याप्त भए पनि सिलिन्डरको अभावमा अहिले कोभिड–१९ संक्रमितहरुका लागि अक्सिजन अभाव भएको बताइएको छ । 
गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५० हजार सिलिन्डर बाहिरी मुलुकबाट ल्याउने र त्यसमध्ये तत्काल ‘फास्ट ट्रयाक’ विधिबाट २० हजारथान ल्याउने निर्णय गरेको थियो ।

सोही निर्णयानुसार सिलिन्डर ल्याउने प्रक्रिया प्राथमिकताका साथ अघि बढाइएको उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले बताए ।

प्रतिकृया दिनुहोस्