जनकपुरधाम- करेन्ट लागेर जनकपुरधाममा दुई युवकको मृत्यु भएको छ । दिपावलीको लागि घरमा विजुली बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा दुई युवकको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका– ९ बेल्हीका १४ वर्षीय शिवराज यादव र जनकपुरधाम– २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएकाे छ ।
मिश्रको सोमबार साँझ घटनास्थलमै मृत्यु भएको हो । आइतबार नै करेन्ट लागेर गम्भीर घाइते भएका यादवको सोमबार दिउँसो जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
दुवै शव पोष्टमार्टमपश्चात परिवारजनको जिम्मा लगाइएको छ ।